यसरी बन्ने छ- डडेल्धुरा जिल्ला समन्वय समिति

डडेलधुरा ।  स्थानीय तहकाे निर्वाचन लगभग सम्पन्न भएकाे छ । अव राजनीतिक दलकाे ध्यान जिल्ला समन्वय समिति गठन गर्ने तर्फ केन्द्रीत रहेकाे छ ।जिल्लामा रहेका स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ।

डडेलधुरामा ७ वटा स्थानीय तहमा १४ मतभार रहेको छ। नेपाली कांग्रेससँग एक्लै डडेलधुरामा जिल्ला समन्वय समिति गठन गर्न सक्ने मतभार रहेको छ। उससँग १० मतभार रहेको छ। कांग्रेसले डडेलधुरामा अजमेरु गाउँपालिका उपाध्यक्ष, अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ।

नेकपा माओवादी केन्द्रको मतभार ४ रहेको छ। उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको छ। एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले भने डडेल्धुरामा कुनै पनि पालिकाकाे प्रमुख वा उपप्रमुख जितेकाे छैन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.