डडेल्धुरा । गत निर्वाचनमा १ वडाबाहेक सबै जनप्रतिनिधि जितेकाे माओवादी केन्द्रले आसन्न निर्वाचनमा डडेल्धुराकाे अजयमेरु गाउँपालिका नै क्लिनस्वीप गर्ने उद्घाेषका साथ चुनावमा हाेमिएकाे छ । यसअघि माओवादीवाट जितेका जनप्रतिनिधिले यस गाउँपालिकालाई कार्य सम्पादन तथा सुशासनमा देशकै एक नम्बरकाे पालिका बनाएकाेले जनमत पनि माओवादीमय बनेकाे छ ।
यसैक्रममा अजयमेरू गाउँपालिकामा माओवादी केन्द्रले पुरानै उम्मेदवारलाई दोहर्याएको छ । डडेल्धुरा जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचमा माओवादी केन्द्रले जितेको एक मात्रै स्थानीय तहमा पुन: गाउँपालिकाको अध्यक्षमा उमेश भट्ट (बिकास) र उपाध्यक्षमा कलावती भाडँ लाई अघिसारेको हो।
समृद्ध अजयमेरू निर्माण गर्ने परिकल्पना सहित गाउँपालिकामा समावेशी तथा समानुपातिक हिसाबले उम्मेदवार खडा गरेकाे माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका भट्टले बताए । गाउँपालिकालाई माओवादीमय बनाउन वडा नम्बर तीन, दुई र एकमा सामाजवादी संग गठबन्धन गरेर माओवादीकाे चुनाव चिन्हमा उठाएकाे माओवादी केन्द्र अजयमेरू गाउँ समितिका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए । उनकाअनुसार वडा नंम्बर १ मा भावानी सिंह ऐर वडा नं. २ मा शीबराज भट्ट, वडा नं.३ सुरेन्द्र मल्ल वडा नं. ४ टिका बहादुर बिष्ट वडा नं. ५ मा भोज बहादुर पाल वडा नं. ६ दान बहादुर खड्ककाे नेतृत्वमा उमदेवारी दिएका छन् ।
माओवादी केन्द्रले डडेल्धुराका सात ओटै स्थानीय तहमा समावेशिताका आधारमा उम्मेदवारी दिएको जिल्ला पार्टी कार्यालयले जानाएको छ । सामानुपाति, समान सहभागिताका आधारमा सबै वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवार छनौट भएको कार्यालय सचिव करन साउँद (किरण) ले बताए ।