धनगढीको मेयरमा माओवादीबाट अधिकारी सिफारिस, अन्यमा काे ?

धनगढी। नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उप-महानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको माओवादी धनगढी नगर कमिटीका सचिव रमेशप्रसाद भट्टराइले जानकारी दिए ।

अधिकारी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवार बनेकी थिइन् । त्यस्तै धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बल बहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको सचिव भट्टराइले जानकारी दिए । कैलालीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् ।

तालमेलमा सहमति भए पनि सत्तारुढ गठबन्धनबीच स्थानीय तहको नेतृत्व भागवण्डामा भने सहमति जुटेको छैन । ‘गठबन्धन भएको अवस्थामा परिस्थिति फरक होला । तर, एक्लै चुनाव लड्नुपर्ने परिस्थितिमा उहाँहरुमध्येबाटै उम्मेदवार बनाएर प्रतिस्पर्धामा जान्छौँ ।’ भट्टराइले भने । गठबन्धनमा भएको सहमतिका आधारमा नगरले सिफारिसका आधारमा पार्टीले उम्मेदवार टुङ्ग्याउने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.