मुख्यमन्त्री भट्टसँग स्वीजरल्याण्डका राजदूतद्वारा भेटवार्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टसँग नेपालकालागि स्वीजरल्याण्डका राजदूतले भेटवार्ता गरेका छन् । स्वीस सरकारकाे सहयाेगमा बन्दैगरेका आयाेजनाहरुकाे अनुगमनमा सुदूरपश्चिम पुगेका राजदूत इलिजावेथ वाेन कापेलर मुख्यमन्त्रीकाे सरकारी कार्यालय पुगेर साेमबार मु्ख्यमन्त्री भट्टसँग भेटवार्ता गरेकी हुन् ।

भेटकाे अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले माेटरेवल तथा झाेलुङ्गे पुल लगायतका भाैतिक पूर्वाधार निर्माणमा स्वीस सरकारले पुराउदै आएकाे सहयाेगकालागि धन्यवाद दिंदै सुदूरपश्चिमकाे विकतालाई सहज पार्न थप आयाेजनाहरु कार्यान्वयनमा ल्याउन आग्रह गरेकाे मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

स्वीस राजदूत कापेलर मुख्यमन्त्रीसँगकाे छलफलमा सकारात्मक रहेकाे उनकाे भनाई छ । भेटवार्ताकाे अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव रामेश्वर दंगाल लगायतका सचिवहरुकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.