‘गठबन्धन टुट्दैन, एमसिसी सहमतिबाटै अघि बढ्छ’ -प्रचण्ड
धनगढी । सत्तारुढ दाेस्राे ठूलाे पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्तारुढ गठबन्धन नटुट्ने दावी गरेका छन् । शनिवार धनगढीमा आयाेजित पार्टीकाे प्रदेश कमिटी बैठकलाई भर्चुअल माध्यमबाट सम्बाेधन गर्दै यस्ताे बताएका हुन् ।
उनले एमसिसी पारित भए वा नभए सत्तारुढ गठबन्धनलाई कुनै फरक नपर्ने उपायको खोजीमा छलफल भइरहेको बताउदै सहमतिको बाटोबाटै अघि बढ्ने बताए । उनले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भइरहेको बताउँदै सत्ता गठबन्धन जस्ताकाे त्यस्तै एमसिसी पारित गर्न नबनेकाे जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमतीमा पदाधिकारी छनाैट गरी स्थानीय निर्वाचनमा हाेमिन पनि कार्यकर्तालाई निर्देशन दिए । मंसिरमा सम्पन्न प्रदेश अधिवेशनले पार्टीका पदाधिकारी चयन गर्न नसकेपछि अहिलेकाे बैठकबाट प्रदेश पदाधिकारी छनाैट गर्ने बताईएकाे छ ।