धनगढी । सुदूरपश्चिम प्रदेशसरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । सरकारकाे आर्थिक मामला मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षमा ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले छ महिनामा १३.४२ प्रतिशत अर्थात चार अर्ब सात करोड २२ लाख ३३ हजार रुपैयाँ बजेट खर्च गरेको जनाएकाे छ । चालुतर्फ दुई अर्ब ५० करोड एक लाख ६१ हजार (२०.१९ प्रतिशत) र पूँजीगततर्फ एक अर्ब ५७ करोड २० लाख ७२ हजार रुपैयाँ बजेट खर्च भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्षकाे अन्त अर्थात असारसम्म ८० प्रतिशतसम्म पुँजीगत खर्च हुने दावी गरेको छ ।अहिले खर्च कम देखिएपनिनिराशाजनक नभएकाे सरकारकाे दावी छ । रकम निकाशा नभएका कारण बित्तिय प्रगती कम देखिएको भन्दै भाैतिक पूर्वाधार बिकास मन्त्रालयका सचिव तुलसी राम भट्टराइले भने ‘ठेकेदारले काम गरिराख्नुभएको छ, रकम लिनुभा छैन त्यस कारण काम प्रसस्तै भएपनि बित्तिय प्रगती नदेखिउको हो ।’ उनले भने- ‘हामी ८० प्रतिशत पुँजीगत प्रगती गछौँ ।’
दक्ष कर्मचारी अभाव, आयोजनाको प्राथमिकिकरण र बिनियोजन दक्षता कमजोर रहेको प्रदेश सरकारले जनाएको छ । आर्थिक मामिला मन्त्री तारालामा तामाङले प्रदेश गौरव तथा बहुबर्षिय योजनामा एथेस्ट बजेट नहुनु, टुक्रे योजनामै बजेट बिनियोजन हुने बिविध कारणले बजेट खर्च कम देखिएको बताएका छन् । बिस्तारै कर्मचारी पदपुर्ती र योजनाहरु समेत सुधारोन्मुख रहेका कारण अब बजेट खर्च उचित ठाउँमा हुने र आकार बढ्ने उनको दावी छ ।