‘सत्तरी बर्षसम्म नभएकाे काम ४ बर्षमा गर्याैं’ -मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले सत्तरी बर्षसम्म हुन नसकेकाे कामकाे तुलनामा प्रदेश सरकार स्थापनाकाे ४ वर्षमै बढी भएकाे दाबी गरेका छन् । देश संघीय लाेकतान्त्रिक गणतन्त्रमा गएपछि पहिलाे पटक मुख्यमन्त्रीकाे बागडाेर सम्हाल्न पुगेका उनले आफ्नाे कार्यकालकाे चार बर्ष पुगेकाे अवसरमा सुदूर आवाजसँग कुराकानी गर्दै यस्ताे बताएका हुन् ।

तीन तहका सरकारमध्ये प्रदेश संरचना नौलो भएकाले व्यबस्थापन, ऐन कानून तथा कार्यविधि बनाउदै विकास निर्माण लगायतका विविध हिसावले पछाडी पारिएको सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने हाम्रो योजनालाई केही हदसम्म अलमल्याएको भएपनि सबैको साझा दृढताले हामी समयमै गन्तव्यमा पुग्ने प्रयासमा रहेकाे भन्दै मुख्यमन्त्री भट्टले राणाकालकाे अन्त्यदेखि २०७४ सालसम्म नभएकाे बिकास निर्माण प्रदेश सरकारका चार बर्षमा भएकाे दावी गरे ।

सरकार भनेको जनप्रतिनिध र जनसेवक कर्मचारीकाे टिमहाे भन्दै उनले यो अवधिसम्म सरकार व्यबस्थापन, ऐन कानून निर्माण गर्न र प्रकृर्यागत काम कारवाही अगाडि बढाउदा कर्मचारीको अभाव खड्किएकाे बताए । जसले गर्दा जनअपेक्षा पुरा गर्न केही बिलम्ब भइरहेकाे अनुभूति उनकाे छ । र पनि यसवीचमा उनकाे चार बर्षे कार्यकालमा भए गरेका कामकाे मुख्य प्रगति विवरण यस्ताे छ-

सुदूरपश्चिम प्रदेश सरकार स्थापनाको चार वर्षमा १७१९ किमि पक्कि र २७२ किमि कच्चि कुलो निर्माण र १२३ वटा डिप ट्युवेल निर्माण गरी १२५५२ हेक्टर क्षेत्रफलमा सिचाँई सुविधा पुगेको छभने ८००७ हेक्टर क्षेत्रफलमा मर्मत संभार/पुर्ननिमार्ण गरिएको छ । नौगाड (६.९७ मे.वा.) सुर्नायागाड (७.७५ मे.वा.) र अपर सुर्नायागाड (७.७१ मे.वा.) जलविधुत आयोजनाहरुको प्रारम्भिक वातावरणीय प्रभाव अध्यायनसहित वितृत सम्भाव्यता अध्यायनको कार्यकोलागि परामर्श दाता छनौट भैइरहेको छ ।

१२२ किमि नदी नियन्त्रण, तटवन्ध र पहिरो नियन्त्रण गरी ३१७० हेक्टर जमिनको उकास र कटान रोक्ने काम भएको छ । ८९ किमिको संरक्षण जारी छ । खानेपानी तथा सरसफाई तर्फका ४२८ वटा योजनाहरु (नयाँ तथा पुनर्निर्माण) सम्पन्न भई कुल १०६८२३ जनसख्या लाभान्वित भएका छन् । चालु आवा मा क्रमागत तथा नयाँ गरी ११९० वटा योजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । जसवाट करिव ५८,००० जनसख्यालाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध हुनेछ ।

यातायात पूर्वाधारतर्फ ३०६ किमि पक्कि सडक (कालोपत्रे), २९५ किमि खण्डास्मित (ग्रावेल) र १३२० किमि माटे सडक निर्माण भएको छ । १४ वटा सडक पुल र ३३ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । चालु आ.व.मा क्रमागत तथा नयाँ गरि १०९२ योजनाहरु निर्माणाधिन अवस्थामा छन् । लक्षित वर्गका जनताकालागि २४४४ वटा निजि आवास भवन निर्माण सम्पन्न गरी हस्तन्त्रण भएका, ३५४ वटा सामुदायीक÷ सरकारी भवन निर्माण भएका छन् । चालु आ.व. ३८२ वटा आवासहरु निर्माण गरि बिपन्न जनतालाई हस्तान्तण गर्ने लक्ष्यअनुसार कार्य अगाडी बढिरहेका छन् ।

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तरगत २८० वटा नमुना गाउँ सञ्चालन भई ७००० हेक्टर जमिनमा खेती सुरुवात भइरहेको छ । यसवाट ८००० घरधुरी लाभान्वित भई २८० जनाले प्रत्यक्ष र १४०० जनाले सिजनल (आंशिक) रोजगारी पाएका छन् । यस्तै, यस कार्यक्रमवाट फलफुल, तरकारी र खाध्यान्न बालीको बीउ उत्पादन गरी ४ बर्षमा ३.५ प्रतिशतले उत्पादन बृद्धि भएको छ । खाध्यान्न बीउ उत्पादनमा सुदूरपश्चिम प्रदेश नेपालमा दोस्रो स्थान ओगट्न सफल भएको छ । खाध्यान्न वालीको हालसम्म ४२८० विउ नमुना परिक्षण १२५५.८२ हेक्टर क्षेत्रफलमा श्रोत वीउको (मूल र प्रमाणित) गुणस्तरिय बीउ उत्पादन गर्दै देशमै धान र गहुँको गुणस्तरयि बीउ उत्पादनको हब बनेको छ ।

साना सिचाई मार्फत प्रदेशका ७ पहाडी जिल्लामा ३१०० योजना र तराईका जिल्लामा ६२० बोरिङ सेटबाट ६०० हेक्टरमा सिचाँई सुविधा विस्तार भएको छ ।युवा पुस्तालाई व्यबसायीक तरकारी खेतिमा आकर्षित गर्दै स्वरोजगार बनाउन नौंवटै जिल्लामा साना ठूला गरी ४५०० वटा प्लास्टिक टनेल निर्माण गरिएका छन् । जसवाट २५०० जना युवा स्वरोजगार बनेका छन् ।

कुराकानीकाे बाँकी अंश क्रमश: …

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.