जसपाका केन्द्रीय सदस्य लक्ष्मण सिंहकाे समुह माओवादीमा प्रवेश

धनगढी। जनता समाजवादी पार्टी नेपाल(जसपा) का केन्द्रीय सदस्य लक्ष्मण सिंह लगायतकाे समुह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकाे छ। डडेल्धुराको अमरगढी नगरपालिकाबाट जनता समाजवादी पार्टी, नेपाल(जसपा) का केन्द्रीय सदस्य रहेका सिंह आज शनिबार  नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका हुन्।

प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्टले उनलाई पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेशपछि सिंहले आफूसँग रहेको डडेल्धुरा जिल्लाकाे सिंगो टिम नै माओवादीमा प्रवेश गर्ने जानकारी दिएका छन् । लक्ष्मण सिंहलाई कुनै जिम्मेवारी दिने छलफल भइरहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

सिंह जनता समाजवादी पार्टी भन्दा अगाडि नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा रहेका थिए। उनी डडेल्धुरा अस्पताल डडेल्धुराका पूर्व-अध्यक्षसमेत हुनभने उनकाभाईकेशब सिंह नेपाल विधार्थी संघका केन्द्रीय अध्यक्ष भैईसकेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.