सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनकाे मतदान सुरु, परिणाम पनि आजै

धनगढी । सुदूरपश्चिम प्रदेशमा रास्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । मुख्यमन्त्री त्रिलाेचन भट्ट, मन्त्रीहरु र केही स्थानीय जनप्रतिनिधिले मतदान गरिसकेका छन् ।

खुल्ला दलित र महिला गरी तीन जना सदस्य पदकालागि छ जनाकाे उम्मेदवारी रहेकाे सुदूरपश्चिममा बाम लाेकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहलाई उम्मेदवार छन् ।

यस्तै एमालेले महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टको उम्मेदवारी छ ।यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

मतपरिणाम आजै

निर्वाचन समाप्त भए लगत्तै आजै मतगणना हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । उनले भने- “आयोगले मतपरिणाम अबेर रातिसम्म आजै आउने अपेक्षा गरेको छ । कुनै असहजता नभएमा बढीमा ११–१२ बजेसम्म मतपरिणाम आइसक्ने अपेक्षा छ ।”

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.