माओवादी महाधिवेशनमा नेतृत्वमाथि प्रश्नैप्रश्न, अध्यक्षले भाेलि जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्र जारी आठाैं महाधिवेशनमा समूहगत छलफल सकिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गरिएको थियो।

प्रत्येक समूहबाट प्रचण्डको प्रतिवेदनमाथि सुझाव पेश भएका छनभने सबैजसाेले नेतृत्वमाथि प्रश्न तेर्स्याइएका छन् । भाेलि शुक्रबार अध्यक्ष प्रचण्डले त्यसको जवाफ दिनेछन्।अध्यक्ष प्रचण्डको प्रतिवेदनले समेट्नैपर्ने केही विषय नसमेटेको भन्दै युवा नेता लेखनाथ न्यौपानेले प्रश्नैप्रश्न गरेका थिए ।उनले पार्टीमा उच्छृङ्खलता मौलाउँदै गएको, नेताहरू सम्पत्ति केन्द्रित हुँदै गएको, भारतको थिचोमिचोविरुद्ध प्रचण्डको प्रतिवेदन मौन रहेको, पार्टीका गतिविधि दक्षिणपन्थ उन्मुख रहेको लगायतका प्रश्न राखेका छन् ।

अध्यक्ष प्रचण्ड र नेता देव गुरुङले जारी महाधिवेशनमा प्रतिवेदन पेस गरेका थिए। बैठक भोलि १ बजे बस्ने बताइएको छ। शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.