माओवादीकाे प्रदेश सम्मेलन सुरुसँगै नयाँ नेतृत्वकालागि दाैडधुप

धनगढी । नेकपा माओवादी केन्द्रका प्रदेश सम्मेलन सुरु भएका छन् । पार्टीका प्रदेश सम्मेलनकाे उद्घाटन अध्यक्ष प्रचण्डले शनिवार एकै समाराेहबाट भर्चुल प्रविधिवाट उद्घाटन गरेका हुन् । प्रदेश सम्मेलनकाे उद्घाटन सत्रपछि नयाँ नेतृत्वकालागि प्रदेशमा नेता कार्यकर्तावीच दाैडधुप चलेकाे छ ।

यहीक्रममा सुदूरपश्चिमकाे धनगढीमा आजकाे उद्घाटन सत्रमा प्रतिनिधि र अतिथि मात्रै सहभागी भए, आमकार्यकर्ताको उपस्थिति गराइएको थिएन । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनीका कारण सम्मेलनमा भीडभाड कम गर्ने उद्देश्यले प्रतिनिधिको मात्रै उपस्थिति गराईएकाे अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए । सम्मेलन २ दिनसम्म चल्ने छ । May be an image of one or more people, people standing and crowdसम्मेलनलाई आकर्षक बनाउन कलाकारको प्रस्तुति राखिएको थियो ।

उद्घटन सत्र सकिएसँगै आगामी नयाँ नेतृत्वकालागि केन्द्रीय सदस्यमध्ये हालका प्रदेश अध्यक्ष शरदसिंह भण्डारी (अछाम), नरेन्द्र कुँवर (बैतडी), प्रदेशसभा सदस्य समेत रहेका वीरमान चौधरी (कैलाली), प्रदेश समिति सचिव नेपबहादुर चौधरी (कैलाली) र सुदूरश्चिम प्रदेशका उधाेग पर्यटन बन तथा बतावरण मन्त्री मानवहादुर धामी अध्यक्ष बन्ने दौडमा रहेका देखिन्छन् ।

तर १ व्यक्ति, १ पदको नीति लिएको माओवादीमा केन्द्रीय सदस्यले प्रदेश पदाधिकारी बन्नको लागि केन्द्रीय सदस्यबाट राजीनामा दिनुपर्ने प्रावधान रहेकाले आईतवार ११ बजेपछि उम्मेवारकाे छिनाेफानाे लाग्ने कतिपय माओवादी नेताहरु बताउँछन् । तर  प्रदेश ईन्चार्ज खजराज भट्टले सहमतिकाे प्रयास खाेजिने यसअघि नै बताईसकेका छन् । सहमति नभए लाेकतान्त्रिक विधिअनुसार निर्वाचनमा जाने उनकाे भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.