युरोपियन युनियन राजदूतद्वारा मुख्यमन्त्री भट्टसँग भेटघाट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टसँग युरोपियन युनियन राजदूत नाेना डेपरेजले शिष्टाचार भेटघाट गरेका छन् । युराेपियन युनियन सम्बद्ध देशहरुकाे सहयाेगमा सुदूरपश्चिम प्रदेशमा सञ्चालित परियाेजनाकाे अनुमगनमा आएका बेला राजदूर डेपरेजले आईतबार साँझ मुख्यमन्त्री भट्टसँग भेटघाट गरेका हुन् ।

May be an image of 7 people, people sitting and indoorराजदूत डेपरेजसँगै राष्ट्रिय योजना आयोग सदस्य डा. उमा शंकर प्रसाद, स‌घीय मामला तथा समान्य प्रशासन मन्त्रालयका उपसचिव रेशमलाल कडेँल लगायत ईयु र युनिसेफ संस्थाका कन्ट्री डाइरेक्टरहरु सहभागि थिए । मुख्यमन्त्रीसँगकाे भेटमा राजदुत डेपरेजकाे प्रतिनिधि मण्डलले हाल सञ्चालनमा रहेका परियाेजनाबारे जानकारी गराउदै सुदूरपश्चिमकाे कुन क्षेत्रमा सहयाेगकाे अतिआवश्यक रहेकाे र प्रदेश सरकारकाे अपेक्षा बारे छलफल गरेका थिए ।

साे क्रममा मुख्यमन्त्री भट्टले स्थानीय आवश्यकतालाई पहिचान गरेर प्रदेशकाे कृषि, पर्यटन पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने, प्रदेश सरकारसँगकाे समन्वयमा कार्यक्रम सञ्चालन भएमात्र कार्यान्वयनकाे समय हुनआउने समस्य समाधानमा सरकार अग्रसर हुने बताएकाे मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिं ओलीले जानकारी दिएका छन् ।

राजदूत डेपरेजसँगै दातृ संस्थाका प्रतिनिधिहरु राष्ट्रिय योजना आयोगसँगै संघीय सरकार र प्रदेश नीति तथा याेजना आयाेग सम्मिलित संयुक्त टोलीले सुदूरपश्चिमका कैलाली र डोटीमा संञ्चालनमा रहेका परियाेजनाहरुकाे अनुगमन गर्ने बताईएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.