माओवादी केन्द्र सुदूरपश्चिका स्थानीय पालिकामा कहाँ काे निर्वाचित ?

धनगढी । नेकपा माओवादी केन्द्र बैतडीले दोगडाकेदार र सिगास गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न गरेको छ ।सम्मेलनले दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि चयन गरेको माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिए।

यस्तै उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त बिष्ट लगायत अन्य सदस्यहरु रहेका छन् । यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि गठन गरिएको छ । सो कमिटिको उपाध्यक्षमा उद्धव धामी,लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रविन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी, सहसचिवमा दानसिंह साउँद चयन भएका छन् ।अन्य पालिकाहरुमा पनि मंसिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ ।

डोटीकाे बोगटान फुड्सिल गाउँपालिका सङ्गठन कमिटीको अध्यक्षमा देव बोहरा निर्वाचित भएका छन् । No description available.सम्मेलनबाट अध्यक्ष बोहराको नेतृत्वमा ५९ सदस्यीय गाउँ कमिटी सर्व सहमत रूपमा चयन गरिएको छ । जसकाे उपाध्यक्षमा उपाध्यक्ष चन्द्रादेवी भुल, लक्ष्मी कुमारी बोहरा, सचिव टेक बिक, कोषाध्यक्ष गीता जिसी बम, सह–सचिवमा सिद्ध बिक र  केशव बोगटी चयन भएका छन् ।

डोटीकं पुर्बीचौकी गाउँपालिकाकाे अध्यक्षमा हरिस कुँवर निर्वाचित भएका छन् । अध्यक्ष कुँवरको नेतृत्वमा ४९ सदस्यीय गाउँ कमिटि सर्ब सहमत रुपमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा देबिलाल थापा, यज्ञ गरिरि, राम ब खडका, सचिबमा टीका ओली, सहसचिबमा भरत सिंह चयन भएका छन् । साथै सम्मेलनवाट ४ जना प्रदेस प्रतिनिधि समेत छनोट गरिएको छ । डोटीकै शिखर नगरपालिकामा नरवहादुर बलायरकाे अध्यक्षतामा कमिटी गठन गरिएकाे छ ।

कैलालीकाे धनगढी, गाैरीगंगा, जानकीनगर, डडेल्धुराकाे परशुराम लगायतमा सम्मेलन सुरु भएकाे र बन्दसत्र जारी रहेकाे हाम्रा सम्वाददाताले बताएका छन् । बाँकी अपडेट जारी रहने छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.