सुदूरपश्चिम याेजना आयाेगद्वारा आवधिक याेजना निर्माणसम्बन्धि छलफल

धनगढी । सुदूरपश्चिम प्रदेश नीति तथा याेजना आयाेगले सरकारकाे प्रथम आवधिक याेजना निर्माण सम्बन्धी सराेकारवालासँग अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरेकाे छ । बिहीवार आयाेगले धनगढीस्थित आफ्नै कार्यालयमा आयाेजना गरेकाे उक्त छलफलमा राष्ट्रिय याेजना आयाेगका पदाधिकारी सहित मुख्यमन्त्री र प्रदेश मन्त्रालयका सचिव तथा याेजना शाखाका प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे ।

May be an image of 8 people, people sitting, people standing, table and indoorआयाेगका कार्यवहाक उपाध्यक्ष माेहनदेव बिष्टकाे अध्यक्षतामा भएकाे अभिमुखीकरण तथा छलफल कार्यक्रमकाे सञ्चालन आयाेगका सचिव नारायणप्रसाद पाैडेलले गरेका थिए भने मुख्यमन्त्री त्रिलाेचन भट्टकाे प्रमुख आतिथ्य रहेकाे थियाे । कार्यक्रलाई सम्बाेधन गर्दै मुख्यमन्त्री भट्टले बर्षाैंदेखि पछाडी पारिएकाे सुदूरपश्चिम प्रदेशकाे दिगाे बिकासकालागि सरकारले समय सापेक्ष विकासकाे माेडेल तय गरेर आवधिक याेजना निर्माणमा लागेकाे बताए । यसमा सबैकाे सहयाेगकाे अपेक्षा सरकारले लिएकाे उनकाे भनाई थियाे ।No description available.

यस्तै छलफल कार्यक्रममा राष्ट्रिय याेजना आयाेगका सदस्य डा. रामकुमार फुयालले केन्द्रीय आयाेगकाे मार्गनिर्देशनमा प्रदेशकाे आवश्यकतालाई ध्यान दिएर सराेकारवालाकाे सुझाव अनुसार आवधिक याेजना निर्माण गर्न सुझाए । कार्यक्रममा प्रदेश नीति तथा याेजना आयाेगका कार्यवहाक उपाध्यक्ष माेहनदेव बिष्टले आयाेगले अहिलेसम्म गरेका कामकाे चर्चा गरेका थिए । याेजना छनाैटकालागि याेजना दिग्दर्शन प्रकाशन गरी प्रदेशका सबै मन्त्रालय ८८ वटै स्थानीय तहमा पुराएकाे, आवधिक याेजना निर्माण सम्बन्धी करिव एकहजार बढी सराेकारवालासँग छलफल गरेर प्रदेशकाे पञ्चवर्षिय याेजना निर्माणमा लागेकाे बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.