बजारमा बिक्ने दक्ष जनशक्ति उत्पादन गर्नुस्- मुख्यमन्त्री भट्ट

 धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले श्रम बजारको माग सम्बोधन हुने गरि व्यावसायिक शिक्षा र तालिमका कार्यक्रम सञ्चालन गर्न सराेकारवालालाई निर्देशन दिएका छन् । प्रदेश सरकारकाे समाजिक बिकास मन्त्रालयकाे आयाेजनामा सराेकारवालासँग आज गरेकाे छलफल तथा अन्तकृर्या कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।

No description available.नाम मात्रैका तालिम तथा प्रशिक्षणले समय र पैसाकाे खर्च मात्रै गर्ने भएकाले व्यबसायीक बनाउने गरि बजारकाे मागअनुसार तालिम सञ्चालन गरिनुपर्नेमा जाेड दिए ।साेही कार्यक्रममा सामाजिक विकासमन्त्री लालवहादुर खड्काले तीन तहकै सरकारसँगकाे समन्वयमा एकीकृतरुपमा स्वराेजगार तथा व्यबसायीक बनाउने गरी तालिम दिइने याेजनामा प्रदेश सरकार लागिपरेकाे बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सराेकारवाला मन्त्रालयका सचिव , प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष र सिटीभिटीका पदाधिकारीहरुसँगै विभिन्न उद्दमी मजदुर नेता तथा तालिमप्रदायक संस्थाका प्रतिनिधि र लक्षित बर्गहरुकाे सहभागीता थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.