Dashain Suvakamana

टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार तेस्रो जित

Ajai

पाकिस्तानले यूएईमा जारी आईसीसी टी–२० विश्वकपको सुपर–१२ मा लगातार तेस्रो जित निकालेको छ। दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो। पाकिस्तानले पहिलो र दोस्रो खेलमा भारत र न्यूजिल्याण्डलाई हराएको थियो।

अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि कप्तान बाबर आजमले ५१ रन, फखर जमानले ३०, आसिफ अलीले अविजित २५, सोयब मलिकले १९ रन बनाउँदा मोहमद हाफिजले १० रन बनाए।जितको हिरो अली बने। उनले २ ओभरमा २४ रन चाहिएको बेला उनले १९औँ ओभरमा ४ चौका हान्दै म्याच जिताएका हुन्।

बलिङमा राशिद खानले २, नवीन उल हक, मुजीब उर रहमान र मोहम्मद नाबीले १–१ विकेट लिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।उसका लागि गुलबादिन नाइब र कप्तान मोहम्मद नाबीले राम्रो ब्याटिङ गरे। दुवैले अविजित ३५–३५ रन बनाए। यसक्रमा नाबील ५ र नाइबले ४ चौका र १ छक्का हाने।

यस्तै, नजिबुल्लाह जद्रानले २२, करिम जन्नतले १५ तथा रहमानउल्लाह गुरबाज र असगर अफगानले १०–१० रनको योगदान दिए।बलिङमा इमाद वासिमले २, शादाब खान, हसन अली, हरिस रौफ र शाहीन शाह अफ्रिदीले १–१ विकेट लिए। अफगानिस्तानको यो पहिलो हार हो। उसले आफ्नो पहिलो खेलमा स्कटल्याण्डलाई १३० रनले पराजित गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.