डाेटी एमाले जिल्ला सदस्य जेठारासहित दर्जनबढी युवा माओवादी प्रवेश

धनगढी । नेकपा (एमाले ) डोटी जिल्ला कमिटी सदस्य जोरायल जोरायल गाउँपालिकाका प्रभावशाली नेता सिद्द जेठारा सहित एक दर्जनबढी युवा नेता एवं कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

No description available.बुधवार उनीहरुलाई माओवादी केन्द्रका केन्द्रीय नेता, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं सुदूरपश्चिम प्रदेश पार्टी सहइञ्चार्ज त्रिलाेचन भट्टले  खादा र टीका लगाई पार्टीमा स्वागत गरेका हुन् । एमाले जिल्ला सदस्य जेठारासँगै एमाले जोरायल गाउँपालिकाका युवा नेता एवं सफल युवा ब्यवसायी दौलत कडाललाई नेकपा माओवादी केन्द्रमा प्रवेश कार्यक्रममा माओवादी पार्टी प्रदेश सह ईन्चार्ज लक्ष्मणदत्त जाेशी र डाेटी जिल्ला ईञ्जार्ज शिव सिं ओलीकाे उपस्थिति रहेकाे थियाे ।

जेठारा नेकपा (एमाले) डोटीका संस्थापक नेता देबि सिंह जेठाराका छोरा हुन ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.