अबरुद्ध केआइसिंह राजमार्ग खुल्याे, गाडी सिलगढी पुगे

धनगढी । गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा-डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग अन्तरगत डडेल्धुराकाे रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार सडक मर्मतपछि अहिले राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग अस्थायी रुपमा खुलेको हो। साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छोडिएको उनले बताए।

स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै अवरोध गरेका कारण मर्मतमा केही ढिलाई भएको बताउदै प्रमुख जिल्ला अधिकारी जोशीले स्थानीयसँगको समन्वय पछि सडक मर्मत थालिएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.