सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन बारेमा छलफल भएको छैन : देउवा
धनगढी । प्रधानमन्त्री शेरवहादुर देउवाले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनका बारेमा कुनै छलफल नभएको बताएका छन् । अविरल वर्षाका कारण बाढी पहिरोले पुर्याएको क्षति निरीक्षण गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।
देशभर नै ५ दलिय गठबन्धनको सहमतिमा सरकार बनेको प्रसंग निकाल्दै प्रधानमन्त्री देउवाले ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’ सुदूरपश्चिमका विषयमा छलफल नभएको भन्दै उनले सरकार परिवर्तनका लागि गठबन्धन संग छलफल गरिनु पर्ने बताए ।