प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित सुदूरपश्चिमकाे निरीक्षणमा आउदै

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार(भोलि) सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा आउने भएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीले सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने निर्णय गरेअनुसार देउवा भाेली सुदूरपश्चिम आउन लागेका हुन् । 

नेपाली कांग्रेसका नेता एनपी साउदकाअनुसार प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लिएर सुदूरपश्चिम आउँदै छन्। प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, लेखक र वीरबहादुर बलायर पनि रहने छन्। सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई दुई लाख रुपैयाँ दिने, प्रभावितलाई घर बनाउन हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले बाढीपहिरोबाट विस्थापितलाई अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने र राज्यका सबै  संयन्त्र प्रयोग गरेर राहत तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.