‘विविधताकाे समाजमा दशैंतिहार एकताकाे सुत्र बनाेस्’ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले विविधता रहेकाे समाजमा दशैं तिहार जस्ता चाँडपर्वले एकताकाे सुत्रमा बाँध्न सहयाेग पुग्ने गरी मनाउन आग्रह गरेका छन् । बडा दशैं २०७८ काे अवसरमा शुभकामना सन्देश दिंदै मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।

स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशबासीलाई सुख शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तराेत्तर प्रगतिकाे कामना गर्दै भट्टले शुभकामना सन्देशमा भनेका छन्- ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसंस्कृतिक विविधताले भरिपुर्ण सुदूरपश्चिम प्रदेशबासीलाई दशैं तिहार जस्ता चाँड पर्वले एकता र बन्धुत्वकाे सुत्र बाँध्न सहयाेग गराेस् ।’

यस वर्ष पनि काेभिड-१९ का कारण चाँडपर्व सहजरुपमा मनाउने अवस्था नरहेकाे भन्दै उनले सजकतासाथ स्वास्थ्यसम्बन्धिका मापदण्ड अपनाएर चाँडपर्वमा खुशियाली साँटासाँट गर्न अपील गरेका छन् ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.