माओवादी केन्द्र पार्टीले सुदूरपश्चिममा नेताकाे जिम्मेवारी ताेक्याे (सूचीसहित)
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश कमिटीलाई पुर्णता दिएको छ । आज आईतवार बसेकाे माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ७ वटै प्रदेशसँगै सुदूरपश्चिम प्रदेश कमिटीको पनि टुंगो लगाएको हो ।
माओबादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा शरद सिंह भण्डारीलाई अध्यक्ष र देवीलाल चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ। यस्तै सह–इन्चार्जमा नेपबहादुर चौधरी, त्रिलोचन भट्ट, विना मगर र बिरमान चौधरीलाई तोकेको छ। यसअघि खगराज भट्टलाई प्रदेशको इन्चार्जको जिम्मेवारी दिइसकेको छ ।
यस्तो छ नेताहरुको जिम्मेवारी
सहइञ्चार्जहरु – नेपबहादुर चौधरी, त्रिलोचन भट्ट, विना मगर, रेणु चन्द, वीरमान चौधरी
अध्यक्ष – शरदसि.ह भण्डारी
सचिव – देवीलाल चौधरी
जिल्ला इञ्चार्जहरु
डडेल्धुरा – जगत पार्की
डोटी – शिवसिं ओली
अछाम – झपट साउद
अन्य जिल्ला ईन्चार्जहरु यसअघि नै ताेकीसकेकाे थियाे ।