कैलालीमा छुट्टाछुट्टै सडक दुर्घटनामा एककाे मृत्यु, २ गम्भीर घाईते

धनगढी । केही दिनयता कैलालीका सडक दुर्घटना हुनेक्रम बढ्दै गएकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जोशीपुर गाउँपालिका -१ बडरियाको भित्रि सडकखण्डमा भजनीबाट आउने क्रममा पावर टिलर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

बडरियाकै अन्दाजी ४८ वर्षीय राजकुमार डगौराले चलाएको पावर टिलर अनियन्त्रित भई पल्टिँदा उनकी श्रीमती अन्दाजी ४६ वर्षीया कौशीला देवी चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।यस्तै लम्कीचुहा नगरपालिका-३ गोरुङ्गेमा लम्कीबाट चिसापानीतर्फ आउँदै गरेको लु६८प ४६६ नम्बरको मोटरसाइकल दुर्घटना सोही नगरपालिकाको वडा नम्बर १ का २८ वर्षीय एधेल न्यौपाने र ३२ वर्षीय लक्ष्मण तिमल्सेना रहेका छन्।

घाइते दुबैलाई उपचारका लागि लालरत्न अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.