एमालेका प्रदेशकमिटी सदस्य र कांग्रेसका क्षेत्रीय प्रतिनिधिसहित सयबढी माओवादीमा
तेजु ओली
डोटी । डोटीको बोगटान फुडसील गाउँपालिकाका एकसय जनाबढी बिभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेका छन । सहजपुर–बोगटान हुँदै दिपायल जोडिएको सडकको अनुगमनका लागि यहाँ पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले उनीहरुलाई पार्टीमा टिका माला लगाएर स्वागत गरेका हुन् ।
माओवादी केन्द्रका डाेटी जिल्ला इन्चार्ज समेत रहेका मुख्यमन्त्री भट्टले पार्टीको बिधी बिधान अनुरुप काम गरेर डोटी जिल्लामा पार्टीलाई पहिलो बनाउन लाग्न समेत निर्देशन दिए। माओवादी पार्टी हजारौ जनताको त्याग तपस्य र बलिदानबाट गरिब, निमुखा, दलित र पछाडी पारिएका वर्गको हक अधिकारको लागि लडेर आएको भएकाले त्यो बुझ्नु पर्ने जरुरी रहेको भट्टकाे भनाई थियाे ।
नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी मावोवादी पाटीमा एक सय जनाले पाटी परिवेश गरेको नेकपा माओवादीका पार्टीका जिल्ला संयोजक जंग बहादुर बिकले बताउनुभयो। नेकपा एमालेका प्रदेश कमिटी सदस्य डम्मर बम, नेकपा एमाले बाट निर्बाचित वडा सदस्य सुरज कुडमाल, वडा सचिव सुनिल बिष्ट लगायतले परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेको छ। त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि चक्र बहादुर केसी, शिद्ध बिक लगायतले काग्रेस परित्याग गरेर माओवादीमा प्रवेश गरेको पार्टीले जनाएको छ ।
कार्यक्रमको प्रमुख आतिथि शुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, अतिथि मावोवादी पार्टीका जिल्ला संयोजक जंग बाहदुर बिक, वोगटान फुड्सिल गाउपालीका अध्यक्ष कमल गड्सिला नेकपा माओवादीकाका गाउँपालिका अध्यक्ष देब साउद लगायतको सहभागिता रहेको थियो।