Dashain Suvakamana

काँग्रस एमाले परित्याग गर्ने १५० जनालाई मुख्यमन्त्री भट्टले दिए राताे टीका

डाेटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले नेपाली काँग्रेस, एमाले लगायतका पार्टी परित्याग गरी माओवादी केन्द्र पार्टी प्रवेश गरेका १५० जना बढी स्थानीय नेता कार्यकर्तालाई राताे टीका लगाएका छन् ।

May be an image of 8 people, people standing and people sittingनेकपा माओवादी केन्द्र डाेटीले विहीबार सिलगढीमा आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री भट्टले स्वागत गर्दै नव प्रवेशीहरुलाई राताे टीका लगाई दिएका हुन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री भट्टले संघीयता गणतन्त्र धर्म निर्पेक्षता समानुपातिक समावेशी सहभागिता लगायतका माओवादी ऐजेन्डालाई थप कार्यान्वयन गराउन पार्टी प्रवेश गर्नेहरुकाे आवद्धताले बल पुग्ने बताए । उनले यसअघिका सरकारले तीन दशकसम्म गर्न नसकेका काम प्रदेश सरकार गठन भएकाे तीन वर्षमै गरेकाे दावी गरे ।

अन्य पार्टी छाेडेर माओवादी केन्द्रमा प्रवेश गर्ने केहीकाे नामावली:

May be an image of text

No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.