कोटेशनबाट निर्माण गरिएका भाैतिक पूर्वाधारमा समस्या

धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले निर्माण गरेका भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन गरिएको छ । प्रदेशको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका पदाधिकारीको टोलीले कैलाली र कञ्चनपुरमा तटबन्ध र सडक निर्माणको अनुगमन गरेको हो ।

दुई दिन लगाएर गरिएको अनुगमनमा कैलालीको कान्द्रा नदीमा निर्माण गरिएको तटबन्ध, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ र बेदकोट नगरपालिका–१ राधा नदीमा निर्माण गरिएको तटबन्धको अनुगमन गरिएकोमा कैलालीमा निर्माण गरिएको पक्की सडकको काम सन्तोषजनक नरहेको पाइएको समितिका सदस्य महेशदत्त जोशीले बताए ।

“टेण्डर प्रकृया गरिएकामा समस्या छैन”, उनले भने, “कोटेशनबाट गरिएकामा समस्या देखिएको छ ।” कोटशनबाट गरिने काम आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिलाई दिनुपर्ने उनले बताए । तटबन्ध र सडक निर्माणका काममा स्थानीय बासिन्दाको समेत गुनासो रहेको पाइएको टोलीकाे भनाइ छ ।

टोलीले स्थलगत अनुगमन गरेका भौतिक पूर्वाधार र विकास निर्माण सम्बन्धि कार्यको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइने बताइएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.