सेती महाकाली ट्रक व्यवसायी संघको अध्यक्षमा पुन: जोशी
धनगढी । सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा पुनः चेतराज जोशी चयन भएका छन्। शनिबार धनगढीमा भएको संघको १०औं साधारण सभा तथा ८औं अधिवेशनले आगामी ३ वर्षका लागि जोशीलाई निर्विरोध चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा धर्मपालसिंह रावत, बिरेन्द्रबहादुर सिंह (प्रशासन उपाध्यक्ष ) र धनबहादुर बिष्ट (उद्दार उपाध्यक्ष) चयन भएका छन्। महासचिवमा दुर्गाप्रसाद जोशी, सचिवमा मोहनसिंह साउद, सह–सचिवमा तारा धामी, कोषाध्यक्षमा ध्रुबराज कार्की र सह–कोषाध्यक्षमा रमेश बम चयन भएका छन्।
यसैगरी ११ जना सदस्यसमा योगेन्द्र (यम) बम, लोकराज जोशी, हरिश अवस्थी, हरिसिंह महरा, लक्ष्मणबहादुर शाह, प्रेम बिष्ट र सुरेन्द्र बहादुर रावल पनि निर्विरोध चयन भएकाे निर्वाचन समिति संयोजक वीरबहादुर जेठाराले जानकारी दिए। उनका अनुसार रमेशप्रसाद बोहरा, सुरेश रिजाल, दीपक भट्टराई र धनबहादुर साउद पनि सदस्यमा चयन भएका छन्।