अखिल क्रान्तिकारीकाे भेलाबाट डडेल्धुरा जिल्ला अध्यक्षमा ऐर निर्वाचित

डडेल्धुरा । अखिल (क्रान्तिकारी) डडेल्धुराको १० औं जिल्ला सम्मेलनबाट चन्द्र ऐर निर्वाचित भएका छन् । आईतबार जिल्लाको सदरमुकाममा सम्पन्न भेलाले ऐरको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्बसम्मतले चयन गरेको हाे।

 ‘समाजवादी शिक्षा प्रणाली लागु गराउने हाम्रो आन्दोलन, जुझारु र सक्षम नेतृत्व र सुदृढ संगठन निर्माण गर्नकालागि दशौं जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सुरु भएकोभेलामा जिल्लामा रहेका प्रत्येक मावि, +२ र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि, पर्यवेक्षकबाट सर्वसहमत नयाँ कमिटी निर्माण गरिएको छ।

जसकाे उपाध्यक्षमा चेतराज ओझा अर्काे उपाध्यक्षमा तारा भट्ट र राम सिंह गुर्धामी चयन भएका छन् । यस्तै सचिवमा  बिपिन महर सह-सचिवमा कल्याण वि क अर्काे सह-सचिवमा करण धिक्त र कोषाध्यक्षमा सरस्वती पाल लगायतका पदाधीकारी सहित ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।

जिल्ला सम्मेलन आयोजक समिति संयोजक सन्तोष भट्टको सभापतित्वमा सम्पन्न अखिल(क्रान्तिकारी) डडेल्धुराको दशौं सम्मेलनमा कार्यक्रममा क्रान्तिकारीका कन्द्रिय उपाध्यक्ष दिपेश पुन प्रमुख अथिति रहेका थिए भने बिशिष्ट अथितिहरु नेकपा माओवादी केन्द्र डडेल्धुराका संयाेजक मान सिंह माल, नेकपा माओवादी केन्द्रका प्रदेश कनिटी सदस्य तथा अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट, अखिल क्रान्तिकारीका सुदुरपश्चिम संयोजक मदन भूल, सहसंयोजक पार्वती नेगि, भिम भट्ट, दिपक डिसि, लाल पाण्डे लगायतका नेताहरुको आथित्यतामा सम्पन्न भएको छ।

पछिल्लो चरणमा अखिल क्रान्तिकारीले देशव्यापी भेला सम्मेलन, संगठन निर्माणलाई व्यापकता र तिब्रता  दिएको  सो संगठनले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.