मन रुवाउने ‘पिजडाकाे चरी’ यसरी बन्याे भाईरल (भिडियाेसहित)

पाल्पाली गायक तथा सर्जक पुरुषोत्तम गैरे नयाँ गित बजारमा ल्याएका छन् । गायक गैरेले पिंजडाको चरी बोलको मन रुवाउने गीतिसंग्रह सार्वजनिक गरेका हुन् । पुरुषोत्तम गैरे नामक आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गायिका सुनिता बुढाले साथ दिएकी छन् । यो गीतले माया प्रेम र बिछोडिनु पर्दाको पिडा उठाएको छ ।

उक्त गीत टिकटकमा भाइरल भएको छ । यसरी टिकटकमा आफ्नो गीत भाइरल हुँदा निकै खुशी लागेको बताए । बिमल पौडेलको शब्द रहेको गीतमा संगीत स्वयम् गैरेले भरेका छन् । गीतको एरेन्ज कृष्ण बिके (भान्जा)ले गरेका छन् । गीतमा हेमन्त रसाइली सारंगी, बासुरीमा रत्न फुलुट, मादलमा खड्क बुडा मगर, ढोलकमा भुवन गन्धर्व र गितारमा संजीव लिम्बुको साथ रहेको छ ।

भिडियाे 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.