सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई प्रचण्डले भने-‘ढुक्क रहनुहाेस्’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् । संघीय सत्ता गठबन्धन जस्तै प्रदेश सरकार पनि गठन हुने र सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व परिवर्तन हुने खालका समाचार बाहिरीएका बेला याे भेटघाटलाई महत्वकासाथ हेरिएकाे छ ।
मुख्यमन्त्री भट्ट प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री दीर्घ साेडारीसहित शिनवार विहान प्रचण्ड निवास पुगेका हुन् । मन्त्री साेडारी एमालेवाट बिद्धाेह गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका माधव नेपाल पक्षका नेता हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सुदूरपश्चिम प्रदेशमा सरकारकाे नेतृत्व परिवर्तन नहुने र जनआकँक्षालाई प्राथमिकतामा राखेर ढुक्कसँग सरकार चलाउन भनेकाे मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेमवहादुर कुँवर (प्रख्यात) ले बताए ।
यस अघि प्रतिगमनका बिरुद्ध गठन भएकाे चार दलिय गठबन्धनले संविधनकाे सही कार्यान्वयन र अग्रमगनकाे पक्षमा कृर्याशिल सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व बदल्ने कुरा नभएकाे माओवादी पार्टीका नेता बताउदै आएका थिए । काम विशेषले केही दिनदेखि काठमाण्डाैंमा रहेका मुख्यमन्त्री भट्ट आजै सुदूरपश्चिम फर्केका छन् ।