धनगढी । समाजवादी पार्टी जसपाका दुईजना प्रदेशसभा सदस्यहरूले महन्थ ठाकुरको साथ छोडेका छन्। विगतमा महन्थ पक्षमा रहेका प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी चौधरीले उनीहरूको साथ छाडेका हुन् ।
उपेन्द्र यादवले पार्टी आधिकारिकता पाएसँगै उनीहरूले ठाकुरको साथ छाडेका हुन्। प्रदेशसभा सदस्य राना काठमाडौं पुगेर केन्द्रीय कार्य समितिको प्रथम बैठकमा सहभागी भएकी छन्। अर्का सांसद चौधरी भने स्वास्थ्य समस्या भएका कारण बैठकमा नगएको बताएका छन्। पार्टीको आधिकारिक लाइनमा उभिएको उनीहरुको भनाई छ ।