Dashain Suvakamana

सुदूरपश्चिममा भारी बर्षाकाे सम्भावना: धनगढी डुवानमा

धनगढी । मनसुन थप सक्रिय हुँदा आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ। आज दिउँसो सुदूरपश्चिमसहित पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस्तै देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागले आज राति देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।No description available.भारी वर्षाको सम्भावना भएका क्षेत्रका कमजोर पहाडमा पहिरो तथा भू–क्षय र नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम हुने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ।

सुदूरपश्चिम प्रदेशकाे मुकाम रहेकाे कैलालीको धनगढी डुवानमा परेकाे छ । अघिल्लाे दिनकाे बर्षाले जलमघ्न धनगढी शुक्रबार विहानकाे बर्षाले थप डुवानमा परेकाे हाे । धनगढीको मुख्य सडक चौराहदेखि पार्कमोडसम्मको सडक जलमग्न भएको छ । जलमग्नका कारण केही पसलभित्र पानी पसेको छ । यस्तै, सुदूरपश्चिम प्रदेश सभा सचिवालयको प्रवेश गेटपनि जलमग्न भएको छ । भर्खरै निर्माणाधिन चटकपुरदेखि क्याम्पसरोड सडक पनि जलमग्न भएको छ । नाली निर्माण भइरहेकाले निकास नहुँदा सो सडकमा पानी जमेको र यात्रा गर्न कठिनाई भएको छ । सो सडकका कारण त्यस क्षेत्रका केही घरमा पानी पसेको छ ।

धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। यस्तै वडा नं १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको छ।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.