पश्चिम नेपालबाट यस वर्षको बर्षायाम (मनसुन) बाहिरियाे

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको हाे।

विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ । मनसुन बाहिरिए पनि वर्षा पूर्ण रूपमा नरोकिने भन्दै माैसम विभागले सतर्कता अपनाउन आग्रह गरेकाे छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.