अत्तरियामा यात्रुसहायता कक्ष स्थापना, यात्रुको गुनासो तत्काल सम्बोधन गरिने

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आवतजावत गर्ने यात्रुको प्रमुख केन्द्रका रूपमा रहेको कैलालीकाे अत्तरियामा यात्रु सहायता कक्ष स्थापना भएकाे छ । चाँडपर्वकाे बेला हुन जाने भीडभाडलाई मध्येनजर गरेर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष (हेल्पडेक्स) स्थापना गरेको हाे।

यात्रु सहायता कक्ष सञ्चालनमा आएपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका समस्या, गुनासा तथा असहजता तत्काल सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै यात्रु तथा यातायात व्यवसायीबीच समन्वय कायम गर्दै सुरक्षित र व्यवस्थित यातायात सेवा प्रवाहमा समेत सहायता पुग्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले बताएका छन्।

उनले यात्रुको गुनासो तत्काल सम्बोधन गरिनेसमेत बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.