Dashain Suvakamana

सुदूरपश्चिम प्रदेश सरकार गत आर्थिक वर्षको समिक्षा गर्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गत आर्थिक वर्ष २०७७\०७८को समिक्षामा जुटेको छ । मन्त्रालय अन्तरका बिषयगत समिक्षापछि समग्र आर्थिक प्रगतिमाथि सरकारले समिक्षा गरिरहेको बनाइएको छ।

कार्यक्रममा पत्रकारलाई निमन्त्रण नगरिएको गुनासोकाे जफाबमा मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुवरले याे समिक्षा सरकारकाे आन्तरीक बैठक भएकाले मिडियालाई नबाेलाएकाे बताए । May be an image of 2 people, people sitting and people standingउनले भने- ‘याे कुनै सार्वजनिक सुनवाई हाेईन सरकारले अन्तरक्रिया गर्दैछ । समिक्षा गर्दैछ, यसपछि आम सञ्चार माध्यमवाट नै सार्वजनिक गर्ने हाे ।’ अहिले सरकार अन्तरगतका मन्त्रालय समिक्षामा रहेकाे उनकाे भनाई छ ।

यसअघि सञ्चारकर्मिले प्रदेश सरकारले कार्यक्रम गाेप्य राखेकाे पत्रकारलाई फोटो खिच्न मात्रै दिएर समिक्षा बैठकमा बस्न नदिएकाे भन्दै समाचार प्रकाशित गरेका थिए ।

यस्तै समिक्षा गाेष्ठीमा मुख्यमन्त्री सहित सबै मन्त्रीहरु, रज्यमन्त्रीहरु, प्रमुख सचिव, सबैमन्त्रालयका सचिवहरु र लेखा तथा प्रशासकीय अधिकृत सहभागी थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.