रानी जमरा कुलरिया जल उपभाेक्ता संस्थाद्वारा काेल्डस्टाेरमा लगानी माग
धनगढी । राष्ट्रिय गाैरबकाे याेजना अन्तरगत सुदूरपश्चिम प्रदेशमा बन्दै गरेकाे एक मात्र रानी जमरा कुलरीया सिचाँई याेजनाका सराेकारवाला जल उपभाेक्ता संस्थाका पदाधिकारीहरुले प्रदेश सरकारसँग काेल्डस्टाेरमा लगानी गरिदिन माग गरेका छन् । मंगलवार प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता संसद रणवहादुर रावलकाे नेतृत्वमा आएकाे टाेलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टलाई मागपत्र बुझाउदै यस्ताे माग गरेका हुन् ।
काेल्डस्टाेर निर्माणमा जल उपभाेक्त समितिले आफ्नाे लागत साझेदारी अनुसार पर्नआउने २५ प्रतिशत रकममा १ कराेड ७० लाख रुपैयाँ अपुग भएकाले माग गरेकाे मागपत्रमा जनाईएकाे छ । कैलाली जिल्लाकाे पूर्वी क्षेत्र टीकापुर, जानकी नगरलगायतलाई समेटनेगरी निर्माणाधिन उक्त आयाेजना विश्व बैंककाे सहयाेगमा अवकाे दुई वर्षपछि सम्पन्न हुने सम्झाैंता छ ।
मागपत्र बुझ्दै मुख्यमन्त्री भट्टले याेजना ब्यवस्थापनमा प्रदेश सरकारकाे पनि स्वामित्व रहने गरी जल उपभाेक्ता संस्थाले विधान शंसाेधन गरे सहयाेगमा छलफल गर्न सकिने बताए । ‘यतिका बर्षदेखि राष्ट्रिय गाैरबकाे याेजना बनिरहँदा प्रदेश सरकारसँग कुनै समन्वय नगर्ने र अफ्ठ्याराे पर्दा मात्रै सम्झने कुरा ठीक हाेईन ।’ मुख्यमन्त्री भट्टले भने- ‘आयाेजना हस्तान्तरणपछि पनि साझेदारीमा लगानी कर्ताले अपन्वत्व ग्रहण गर्ने भएकाले संघीयसँगै प्रदेश र स्थानीय सरकारलाई जाेडेर स्वामित्व रहने गरी जल उपभाेक्ता समुहले दीर्घकालिन साेच राख्नुपर्छ ।’
मुख्यमन्त्री भट्टले भने-‘ प्रदेश सरकारले के कसरी सहयाेग गर्न सकिन्छ छलफल गरेर हामी अगाडी बढाैंला, तपाईहरु समन्वयमा रहनु हाेला ।’ नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणवहादुर रावलकाे नेतृत्वमा रहेकाे टाेलीमा टीकापुर नगरपालिकाका मेयर तपेन्द्रवहादुर रावल, जनकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चाैधरी, रानी जमरा कुलरिया सिचाई आयाेजना (कषितर्फ) का काेडिनेटर भरतप्रसाद कडेल, रानी जमरा कुलरिया सिचाई प्रणाली जल उपभाेक्ता संस्थाका अध्यक्ष कुमारराज शाहीकाे सहभागिता थियाे ।
यस्तै साेही संस्थाका सचिव परशुराम महाताे, काेषाध्यक्ष कृर्तिवहादुर राेकाया रानी जमरा पानी उपभाेक्ता संस्था शाखा समिति अध्यक्ष श्रीपाल चाैधरी जमरा कूलाे शाखा सिचाई प्रणाली जल उपभाेक्ता संस्थाका अध्यक्ष लालवीर चाैधरी र कुलरिया शाखा कूला सिचाई जल उपभाेक्ता स्स्थाका अध्यक्ष रवीलाल चाैधरीकाे समेत उपस्थिति थियाे ।