आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले आदिवासी जनजातीका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताएका छन् । आज मनाईदै गरेकाे २७औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सुदूर आवाजसँगकाे कुराकानीमा मुख्यमन्त्री भट्टले आफ्ना हक अधिकारकालागि एकताबद्ध रहन समेत आग्रह गरे ।
हाम्रा हिजाे देखिका आन्दाेलन र क्रान्तिले स्थापित गरेका उपलब्धीकाे रक्षा गर्दै थप अधिकारकालागि आदिवासी जनसमुदाय एकजुट भएर संविधान कार्यान्वयनमा अग्रसर हुनुपर्ने भन्दै यसमा प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताए । ‘कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीले अगस्ट ९ अर्थात आजका दिन २७औँ विश्व आदिवासी दिवस मनाइरहेका छन्।
नेपाल सरकारले पनि सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको छ ।