Dashain Suvakamana

सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पुर्णता पायाे

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गठन गरेकाे प्रदेश युवा परिषदले पूर्णता पाएकाे छ । प्रदेश युवा परिषद आदेश २०७७ बमाेजिम आज प्रदेशकाे सामाजिक विकासमन्त्री स्तरीय निर्णयवाट परिषदमा १७ जना सदस्य मनाेनित गर्दै पुर्णता दिइएकाे हाे ।

No description available.मन्त्री लालवहादुर खड्का अध्यक्ष रहेकाे परिषदकाे कार्यकारी उपाध्यक्षमा गत महिना युवराज कुँवरलाई सुदूरपश्चिम मन्त्रीपरिषदले नियुक्त गरेकाे थियाे । मन्त्री खड्काले आज नियुक्त गरेका सदस्यहरुमा छत्र रावल, टिकेश्वरी विक, कल्पना साउद, दिनेश सिंह, विर्ख कडायत, बतासु चाैधरी, प्रविण चाैधरी, कु. बिष्ना पन्त, शेरवहादुर बिष्ट, मनाेज चन्द, लक्ष्मीसाउद गैराल, ईश्वरीदत्त भट्ट, हिरासिंह धामी, आशिष बिष्ट, झलक भण्डारी, रामप्यारी कुमारी रावल, लक्ष्मीदत्त जाेशी रहेका छन् ।

भूगाेल र समावेशीताका अधारमा परिषदलाई पुर्णता दिन केही समय लागेकाे भन्दै मन्त्री खड्काले समाजकाे सकारात्मक परिवर्तनमा युवाकाे भूमिका आवश्यक ठानेर सरकारले युवा परिषद गठन गरेकाे बताए । No description available.सरकारसँगकाे सहकार्यमा प्रदेशमा रहेका करीब १० लाख वढी युवाकाे नेतृत्व गर्दै तपाईहरुले  समाजलाई गतिशिल र सिर्जनशिल बनाउनुपर्ने मन्त्री खड्काकाे निर्देशन दिए ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरकाे सभापतित्वमा आयाेजित नवनियुक्त सदस्यहरुकाे सपथ ग्रहण कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र मन्त्रालयका सम्बन्धित शाखा अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे । सपथ ग्रहणपछि आज नै परिषद्काे पहिलाे बैठक बसेकाे थियाे भने आज नै मन्त्री खड्काले परिषद्काे धनगढी उत्तर बेहडीस्थित कार्यालयकाे उद्घटन समेत गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.