Dashain Suvakamana

‘धार्मिक सहिष्णुताले समाजकाे समृद्धि छिटाे हुन्छ’ : मुख्यमन्त्री भट्ट

गाेदावरी, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले समाजकाे समृद्धिमा धार्मिक सहिष्णुताले गति प्रदान गर्ने बताएका छन् । शुक्रवार विहान प्रदेश सरकारकाे गत आर्थिक वर्षकाे बजेटबाट निर्माण सम्पन्न याेजनाहरुकाे अनुगमनक्रममा कैलालीकाे गाेदावरीस्थित बाैंद्ध स्तुपामा दीप प्रज्वलन गर्दै यस्ताे बताएका हुन् ।

धार्मिक सहिष्णुताले समाजमा अमन चयन गर्ने र त्यही बतावरणले समृद्धिकाे दिशा पहिलाउने मुख्यमन्त्री भट्टकाे भनाई छ ।May be an image of 6 people, people standing and temple शान्तिका अग्रदूत गाैतम बुद्धले मानवीय सेवा नै परम धर्म (सबैभन्दा ठूलाे) रहेकाे भन्दै विश्वभर देखाएकाे बाटाे नेपालीहरुकाे गाैरव भएकाे भन्दै त्यस्ता विभूतिकाे विचारबाट विचलन नहुनुपर्ने बताए ।

अनुगमनमा मुख्यमन्त्री भट्टसँगै पुर्व सामाजिक विकास मन्त्री एवं गाेदावरी क्षेत्रका संसद कृष्णराज सुवेदी, नेकपा एमालेका पूर्व प्रमुख सचेतक एवं संसद तारा लामा तामाङ लगायतका माननीयहरु सहभागी थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.