ब्यक्तिगत याेजना नपरेपछि सरकार परिवर्तनकाे हल्ला चलाए:मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले कसैका ब्यक्तिगत याेजना नपरेपछि सरकार खतम भयाे, परिवर्तन हुँदैछ भनेर हल्ला चलाउनेकाे भ्रम मात्रै भएकाेले त्यस्ताे भ्रममा नपर्न आग्रह गरेका छन् । आईतवार सुदूर आवाज मिडियासँगकाे कुराकानीमा मुख्यमन्त्री भट्टले कसैका ब्यक्तिगत काम नभएपछि यस्ताे भ्रमकाे हल्ला चलाउने नयाँ प्रचलन नभएकाे बताए ।
संघीयता कार्यान्वयन गर्दैजाँदा गठन भएकाे सुदूरपश्चिम प्रदेश सरकारसँगै एक थरी नियाेजितरुपमा अनेक भ्रम फैलाउनमा उद्दत रहेको भन्दै उनले अहिले देशकै राजनीतिक समिकरण परिवर्तन भएका बेला प्रदेश सरकार हेरफेर भएपनि नाैलाे नहुने बताए । तर, निर्वाचनताका स्थायी सरकारकालागि मत मागिएकाे उल्लेख गर्दै मुख्यमन्त्री भट्टले दुई तिहाईकाे संघीय सरकार आफ्नै कारणले विघटन भएपनि सुदूरपश्चिम सरकारले एमालेसँगकाे गठबन्धन प्राथमिकतामा राखेको र नटुट्ने उनले बताए । त्यसबेला बाम गठबन्धनले जनतामा बाेलेकाे बाचा सुदूरपश्चिम सरकारले देखाउनेमा उनकाे दावी छ ।
हिजाेकाे राज्यसत्ताले पछाडी पारिएकाे सुदूरपश्चिम प्रदेश कुनैपनि प्रदेश सरकार भन्दा कम नरहेकाे भन्दै मुख्यमन्त्री भट्टले देशमा सुशासन, जनआकंक्षाकाे सम्बाेधन, भाैतिक तथा सामाजिक विकास लगायतका सूचकहरुमा दाेब्बर बृद्धि गरेकाे दावी गरे । जिल्ला सदरमुकाम जाेडने सडक पिच नभएकाे बेला गठन भएकाे प्रदेश सरकारले तीन वर्षभित्रै प्रत्येक जिल्लाका पालिका जाेड्ने सडक पिच गरिरहेकाे बताए । भाैतिक पूर्वाधार निर्माणसँगै प्रदेश सरकार निर्माणपछि थुप्रै सामाजिक विकास पनि भएकाे उनले प्रस्टाए ।