सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा प्रधानमन्त्री देउवासंग भेटबार्ता
काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा मुख्यमन्त्री भट्टले कोरोनाबिरुद्धको खोप अभियानमा सुदूरपश्चिमलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
भेटघाटका क्रममा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाब्य जोखिम र नियन्त्रण, कोरोना बिरुद्दको खोप र सुदूरपश्चिम प्रदेशको समग्र बिकासको बारेमा जानकारी गराइएको मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिव सिं ओलीले बताए ।
केही दिनदेखि सङ्घीय राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट आजै धनगढी फर्किदै छन् ।