मुख्यमन्त्री भट्ट लगायतका माओवादी नेताद्वारा प्रचण्डसँग भेटवार्ता
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका माओवादी नेताहरु केहि दिनदेखि काठमाडौंमा छन् ।
परिवर्तित राजनीतिक संस्करणले संघीय सरकार फेरवदल भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट र प्रचण्डबिच (आज) बुधबार भेटवार्ता भएको हो। मुख्यमन्त्री भट्ट सहित माओवादीका नेता लक्ष्मी जोशी, खगराज भट्ट, तारामान स्वार लगायतको टोलीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेको हो ।
भेटका क्रममा पार्टीको राजनैतिक अवस्थाको बारेमा छलफल भएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।