धनगढी नगरका सडक नै नदी बन्नथाले
धनगढी । पानी निकासका खाेला नाला अतिक्रमणकाे चपेटामा पर्दै गएपछि अव्यबस्थित बन्दै गएकाे धनगढी नगर सानाे बर्षाले नै डुवानमा पर्दैआएकाे छ । पछिल्लो समय सडक निर्माण र निर्माण भएपछिको अवस्थाका कारण जलमग्न भएर सडक नै नदी बन्न थालेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ चटकपुरदेखि क्याम्पस रोडसम्म सडक बनिरहेको छ । क्याम्पसरोडसम्म बन्ने सडकमा अहिले पानी निकास नहुँदा जलमग्न बनेको छ । स्थानीय कृष्ण चौधरीले भने–‘क्याम्पस जान लागेको थिए चटकपुर सडकभरी पानी भरिएको छ । पैदल त सकिएन भने अब सवारी साधनबाट कसरी जाने होला ?’ बर्षाले भरिएकाे पानीकाे निकास नहुँदा सडक नै नदी बनेकाे उनकाे भनाई छ ।
धनगढी बसपार्क क्षेत्रबाहेक मुख्य सडकको अन्य क्षेत्रमा सामान्य टालटुल मात्रै हुने गरेको छ। जुन ६ महिना पनि टिक्दैन्। त्यसैमा क्षणभरको वर्षाले मुख्य सडक खोलामा परिणत हुन्छ। पछिल्लो समय सडक निर्माण र निर्माण भएपछिको अवस्थाका कारण जलमग्न भइरहेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो साता सोमबार कैलालीको गोदावरी नगरपालिकाका स्थानीय कर्णबहादुर सिंह नेपाल विद्युत प्राधिकरण धनगढी शाखामा विद्युतको विल भुक्तानी गर्न पुगे । तीनदेखिकाे वर्षाले बिधुत अफिसकाे प्राङ्गण जलमग्न भएपछि उनले भने–‘दुई घण्टा बेन्चमा उभिई रकम भुक्तानि गरेको हु । विद्युतकै प्राङगण यसरी जलमग्न हुँदा समेत कसैले ध्यान दिएनन ।’
धनगढी उपमहानगरपालिका वडा १३ कैलालीका देबबहादुर शर्माले भने यति लामो समय कुर्सिमा उभिदा खुट्टा दुख्यो तर पनि पानी निकासका लागि कसैले पहल गरेनन । उनले भने–पानी निकास नहुनु भनेको स्वभाविक हो जलमग्न बन्छ । शर्मा र सिंहजस्तै विद्युत महशुल बुझाउन आएका हरेक मानिस यस्तै समस्या झेलिरहेका थिए । उनीहूरु भनिरहेका थिए–‘महशुल असुल गर्ने कार्यालयले आफनै कार्यालयमा पानी निकास बनाउन नसक्नु दुःखद हो । यसले कार्यालयका कर्मचारीलाई सहज भएको छ तर, हामी जनतामाथि समयमा भुक्तानि नगरे ब्याज थप गर्छन । यस्तो जलमग्न प्राङगणमा बेन्चमा उभिएर पनि महशुल तिर्नु परेको छ ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विद्युत कार्यालयबाटै वडा नम्बर २ मा पस्ने नाली स्थानीयले बन्द गरेका कारण अहिलेसम्म समस्याको समाधान हुन सकेको छैन । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय बाबुराजा श्रेष्ठले भने–‘नालीमानै घर निर्माण गरेपछि अहिले दुई नम्बरका अधिकाँस घरधुरी डुवानमा पर्न थालेका छन् ।’ उनले नगर विकासले वितरण गरेको सार्वजनिक जग्गाका कारण अहिले वडा नम्बर २ का स्थानीयले डुवानको समस्या झेल्नु परेको बताए । उनले भने–‘नगर विकासले कमिसन र चलखेलका आधारमा खोला र नालालाई पनि जग्गा वितरण गर्यो त्यसका कारण हामीले अहिले डुवानको समस्या झेल्नुपरेको छ ।’
धनगढीको वडा नम्बर २ का स्थानीय डुवानमा पर्न थालेपछि वडा नम्बर ३ बाट आइरहेको पानीलाई रोक्न नालीनै बन्द गरेका छन्। वडा नम्बर २ का वडा अध्यक्ष नरबहादुर बमले भने व्यवस्थित नारा निर्माण नहुँदा चार वडाले डुवानको समस्या झेल्नु परेको छ । उनले भने–‘वडा नम्बर १३, ३, ४ र २ वडामा व्यवस्थित नाला छैन जसका कारण हरेक वर्षको सामान्य वर्षाले पनि जलमग्न तथा डुवान हुँदै छ ।’
छैनन् विपदमा नगर प्रमुख
अहिले धनगढीसहित सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । धनगढी उपमहानगरपालिका बाढी तथा डुबानको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । तर जलमग्न नगरका मेयर धनगढीमा छैनन् ।
‘धनगढीको समस्या र त्यसको समाधानको मुख्य दायित्व नगर प्रमुखको हो । तर यहि समय उनी काठमाडौंमा छन’ स्थानीय बाबुराजा श्रेष्ठले भने–‘अधिकांस मानिसले उहाँबाट आशा बोकेका थिए तर, उहाँलाई नगरबासीभन्दा व्यक्तिगत स्वार्थ प्राथमिकता भएको छ ।’
यद्यपी अहिले डुबानमा परेका क्षेत्रहरुलाई डोजर लगाएर खोल्ने काम भइरहेको छ ।