मुख्यमन्त्री भट्टद्वारा प्रदेश याेजना आयाेगकाे अनुगमन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेश नीति तथा याेजना आयाेगकाे निरीक्षण तथा अनुगमन गरेका छन् ।सुदूरपश्चिम प्रदेश नीति तथा याेजना आयाेगका अध्यक्ष समेत रहेका भट्टले प्रदेश आर्थिक मामिला मन्त्रीलाई साथमा लिएर विहीवार आयाेगकाे धनगढीमा रहेकाे कार्यालयकाे निरीक्षण तथा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा आयाेगका उपाध्यक्ष केशरवहादुर साउद लगायत पदाधिकारीहरुसँग आगामी याेजना तथा कार्यक्रम र प्रथम पञ्चवर्षिय याेजनाका बारेमा छलफल भएकाे आयाेगका सचिव नारायणप्रसाद पाैडेलले जानकारी दिए ।

प्रदेश नीति तथा याेजना आयाेग गठन पश्चात नयाँ कार्यालय सरेपछि आयाेगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री त्रिलाेचन भट्ट र प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशवहादुर शाहले पहिलाे पटक एकसाथ आयाेग कार्यालयकाे निरीक्षण तथा अनुगमन गरेका हुन् ।साथमा मुख्यमन्त्री भट्टका स्वकीय सचिब प्रेम कुँवर (प्रख्यात) पनि रहेका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.