Dashain Suvakamana

सुदूरपश्चिमका पर्यटन तथा बनमन्त्री बाढी-पहिराे प्रभावित गाउँमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी (सन्तोष) यतिबेला बाढी पहिराे प्रभावित गाउँमा पिडीतकाे घाउँमा मल्हम पट्टी लगाउनमा ब्यस्त छन् । पाँच दिनदेखि दार्चुलामा रहेकाे मन्त्री धामी  नेतृत्वको टोलीले जिल्लाकाे नौगाड गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै बाढी पिडीहरुसंग भेटघाट गर्दै रहात तथा सान्वना दिईरहेकाे छ ।

सायद ६ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा रूख को तस्बिर हुनसक्छमन्त्री धामीले जिल्ला समन्वय समिती दार्चुलाका उपप्रमुख कृष्णसिंह धामी, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी लगायतको टोलीले बाढी पिडितहरुलाई भेटेर राहात र सान्वना प्रदान गर्दै बाढीका कारण ज्यान र घरबास गुमाएका केहि परिवारलाई आर्थिक सहयोग समेत गरिएको उनका स्वकीय सचिव रामदत्त जोशीले बताए ।

बाढी पिडित क्षेत्रहरुमा स्थलगत अनुगमन गर्नुका साथै नौगाड गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरुसंग राहत, पुनर्स्थापना र पुनर्निर्माण गर्ने सम्बन्धमा गहन छलफल भएको नौगाड गाउँपालिकाका कर्मचारी नरेन्द्र ठगुन्नाले जानकारी दिए । सायद रूख, प्रकृति, हिमाल तथा आकाश को तस्बिर हुनसक्छसाेही अवसरमा मार्मा गाउँपालिकाको तर्फबाट अध्यक्ष जमन सिह धामीले नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीलाई बाढी पिडीतहरुका लागि पचास हजार रुपैँयाको चेक हस्तान्तरण गरेको ठगुन्नाले बताए ।

माओवादी केन्द्रका नौगाड गाउँ कमिटी अध्यक्ष धनिराम ठगुन्नाले बाढि पहिरो जोखिम न्युनिकरण गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्री धामीलाई ज्ञापन पत्र बुझाएको बताए । मन्त्री धामीले बाढी पहिराे लगायतका प्राकृतिक प्रकाेप न्यूनिकरणकालागि प्रदेश सरकारले तत्कालिन र दीर्घकालिन याेजना बनाएर समस्य समाधान गर्ने बताए ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.