‘साधनश्राेतले भ्याएसम्म सामाजिक विकासकाे अभियानमा छाैँ’ :मन्त्री खड्का
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री र राज्यमन्त्री यतिबेला मन्त्रालय अन्तरगतका विषय तथा क्षेत्रकाे निरीक्षण तथा अनुगमनमा पहाडी जिल्ला पुगेका छन् । हालै नियुक्त मन्त्री द्वय जिम्मेवारी सम्हालेपछि तराईका कैलाली-कञ्चनपुर जिल्लासँगै डडेल्धुरा, डाेटीहुँदै मंगलवार अछाम पुगेका हुन् ।
जनतासँग प्रत्यक्ष सराेकार रहेका मन्त्रालय अन्तरगतका शिक्षा स्वास्थ्य खेलकूदकाे विकास यस्तै महिला बालवालिक तथा जेष्ठ नागरीक लगायतकाे जिवनस्तर उकास्न अतिआवश्यक विषय बस्तुमा प्रदेश सरकार गम्भीर रहेकाे मन्त्री द्वयले ठाउठाउँमा प्रतिबद्धता जनाएका छन् । मंगलवार बयालपाटा अस्पतालपछि जिल्ला अस्पताल अछामको अबस्था बुझ्न मंगलसेन पुगेका मन्त्री लाल बहादुर खडकाले स्वास्थ्यको क्षेत्रमा सक्ने र सुरुवात गर्ने अभियानमा आफ्नो ध्यान केन्द्रीत रहने बताउदै सुदूरपश्चिमका पहाडी जिल्लामा अझै पनि डाक्टरको अभाब रहेकोमा स्थानीय तहदेखि संघीय सरकारसँग समन्वय गरेर बिशेषज्ञ डाक्टरकाे ब्याबस्थापन गर्ने बताए ।
अझै कोरोनाभाईरसको संक्रमण जोखिम कायमै रहेकाे भन्दै उनले अस्पताल तथा स्वास्थ्य संस्थामा भौतिक पूर्बाधार, कर्मचारी ब्याबस्थापनमा आफ्नो ध्यान रहने बताएका हुन् । अबको तेस्रो लहरको कोरोनाबाट सुदूरपश्चिम भरिका जनतालाई बचाउनका लागि १० देखि २० बेडसम्म बालबालिका मैत्रि आईशुलेसन भवन निर्माण कार्यमा आफ्नो टिम लागि परेको उनकाे भनाई थियाे ।
यस्तै सामाजिक बिकास राज्यमन्त्री मिना साउदले पछिल्लो राजनीतिक घटना क्रमले हरेक क्षेत्रमा समस्या थपिदै गएको भन्दै विशेष गरि शिक्षा, स्वास्थ्य कृषि लगाएतका क्षेत्रमा अझै प्रगति हुन नसकेकाले सबैले ध्यान दिनु पर्ने बताए । अछामको स्वास्थ्य क्षेत्रको प्रगतिका लागि आफू लागि रहेकाले निरन्तर लागि पर्ने भन्दै उनले हरेक क्षेत्रमा आउने बजेटको सदुपयोगका लागि नागरिकले निरन्तर आवाज उठाउनु पर्नेमा जाेड दिईन् ।
त्यसअघि सामाजिक बिकास मन्त्रि र राज्य मन्त्रीको टोलिले बयलपाटा अस्पतालको अनुगमन निरक्षण, अछाम जिल्ला साक्षर घोषणा कार्यक्रममा समेत सहभागीता जनाएको थियो ।