Dashain Suvakamana

सुदूरपश्चिम प्रदेश सरकारले याेजना तर्जुमा दिग्दर्शन बनाउदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाे याेजना तर्जुमा दिग्दर्शन बन्ने भएकाे छ । प्रदेश नीति तथा योजना आयोगले धनगढीस्थित प्रदेशसभा परिसरमा आज आयाेजित एक छलफल कार्यक्रममा सरकारकाे योजना तर्जुमा दिग्दर्शन तयार पार्न थालेकाे जानकारी दिएकाे हाे ।

आयाेगका उपाध्यक्ष केशरवहादुर साउदकाे अध्यक्षतामा भएकाे उक्त छलफलमा सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाकाे प्रमुख आतिथ्य रहेकाे थियाे । राष्ट्रिय याेजना आयाेगवाट तयार भएकाे याेजना तर्जुमा दिग्दर्शन २०७५ मा अधारित भई तयार गरिएकाे भन्दै उपाध्यक्ष साउदले यसमा प्रदेशकाे आवश्यक्ता अनुसार थप घट गर्न छलफलकाे आयाेजना गरिएकाे बताए ।

No description available.छलफलमा सभामुखसहित उपसभामुख निर्मला जाेशी, प्रमुख प्रतिपक्षी दलका नेता डा. रणवहादुर रावल, एमाले प्रमुख सचेतक दुर्गा विक, माओवादी केन्द्रका सचेतक अक्कल रावल, संसदीय समितिका सभापतिहरु र प्रदेशसभा सदस्यहरु नन्दवहादुर साउद, महेशदत्त जाेशी, विरमान चाैधरी, टेकवहादुर रैका, अमरवहादुर साउद, भरतवहादुर खड्का लगायतले आ-आफ्नाे सल्लाह सुझाव दिएका थिए ।

याेजना तर्जुमा दिग्दर्शनले विकास कार्यक्रममा पारदर्शिता, प्रदेशकाे स्राेत साधनकाे न्यायाेचित वितरण र विनियाेजन बजेटवाट अपेक्षित उपलब्धी हासिल गर्न सकिने प्रदेश नीति तथा याेजना आयाेगकाे ठहर छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.