Dashain Suvakamana

‘एमाले एकता हुन्छ तर, माधव नेपाल र भीम रावल रहँदैनन्’ : कर्ण थापा

धनगढी । नेकपा एमाले फुटको संघारमा छ । पहिलो तहका नेताहरूबीच ‘शीतयुद्ध’ चलिरहेको छ । तर, दोस्रो तहका नेताहरू भने विभाजन रोक्न निरन्तर वार्ता र संवादमा छन् । उनीहरुबीच भइरहेको संवादले एकताको आकार भने लिइसकेको छैन ।

नेकपा एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच ठोस सहमति नभई एमाले एक हुने सम्भावना कम रहेका नेपाल पक्षका अधिकांश नेता बताउँछन् । तर, एमाले एक भए पनि माधव नेपाल, भीम रावललगायतका केही नेता एमालेमा नरहन सक्ने संकेत एमाले नेता कर्ण थापाले दिएका छन् ।

नयाँ पार्टी गठन गर्ने योजनामा रहेको बताउँदै थापाले पार्टीको नीति र विधि नमान्नेहरूलाई एमालेमा ठाउँ नरहेको समेत बताए ।एमालेका सुदूरपश्चिम अध्यक्ष थापाले सहकर्मी भानुभक्त आचार्यसँगकाे अन्तरवार्तामा एमालेको पछिल्लो घटनाक्रमबारे गरेको कुराकानीमा यस्ताे बताएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.