‘राेग, भाेक र प्रकाेपबाट जनतालाई उकास्ने कार्यमा छाैं’ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सरकार अहिले जनता बचाउने कार्यमा रहेकाे बताएका छन् । सुदूर आवाजकाे प्रतिक्रिर्यामा मुख्यमन्त्री भट्टले अहिलेकाे विषम परिस्थितिमा सरकार राेग, भाेक र प्रकाेपबाट जनतालाई कसरी उकास्न सकिन्छ भनेर समाधान बाटाे रहेकाे बताएका हुन् ।

उनले भने-‘ सरकार जनताकाे अभिभावक भएकाले हामी खासगरी विश्वभर मानव जातीमा त्राहित्राही पारेकाे काेभिड-१९ भाइरसकाे संक्रमण राेकथामसँगै अहिले वर्षादमा हुनसक्ने विपद न्युनिकरणमै केन्द्रीत छाैं ।’ जन चहानाअनुसार काम गरेर कसरी सर्वशुलभ र सबैकाे पहुँमा स‌घीय गणतन्त्रकाे मीठाे फल पुराउने भन्ने मुल ध्ययमा प्रयासरत रहेकाे भन्दै उनले यसका अलावा सरकारले गर्ने प्रशासनीक तथा विकास निर्माणका काम जारी रहेकाे बताए ।

मुख्यमन्त्री भट्टले यसअघि प्रदेश संकट व्यबस्थान केन्द्र (PCMC) भनिनेलाई काेभिड अध्यादेश अन्तरगत प्रदेशमा गठित ‘सुदूरपश्चिम प्रदेश निर्देशक समिति’काे बैठकले भारतीय सीमा नाकामा चेकजाँच तथा हेल्पडेक्स, हाेल्डिङ सेन्टर, स्थानीय तहका क्वारेन्टीन, आईसाेलेसनलाई थप प्रभावकारी बनाइने, समुदायस्तरमै पुन: परिक्षण पुगाउने, खाेप सबै उमेर तथा समुहका जनताले पाउने गरी पहल बढाउने लगायतका निर्णय गरेकाे जानकारी दिए ।

यस्तै अहिले वर्षादकाे समय भएकाले विभिन्नखाले सरुवा राेगकाे प्रकाेप र प्राकृतिक प्रकाेप, बाढी-पहिराे, डुवानलगायतका जाेखिम नियन्त्रण तथा न्युनिकरणमा कसरी जान सकिन्छ भनेर नेपाली सेना, प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिसँग सरकारले छलफल गरी तयारी अवस्थामा रहेकाे उनकाे भनाई थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.