Dashain Suvakamana

फलफुलको एक बिरुवा रोप्नेलाई गाउँपालिकाले दियाे ५ किलो चामल

“यस वर्ष मात्रै स्याउ, ओखर, कागती,अनार र आँपका ७९ हजार बिरुवाहरु पालिका भित्रका सबै वडामा रोपिएको छ ” अध्यक्ष मल्लले भने “५० हजार बोट गाउँपालिकाले चामल दिने शर्तमा रोपिए भने बाकी पालिकाले रोपेको हो ।”

अध्यक्ष मल्लले यस क्षेत्रका स्थानीयको आयआर्जनमा वृद्धि गरि जिवनस्तर सुधार गराउन गाउँपालिकाले विभिन्न पर्यत्नहरु गर्दै आएको बताउदै चामलकै लोभले पनि फलफुल खेती गर्नेको संख्या ह्वात्तै बढेको बताए । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा करिब दुई हजार घरधुरी र १७ हजार कुल जनसंख्या रहेको पालिकामा तथ्यांक छ । वरपर अग्ला- अग्ला कडा चट्टाने पहाडले घेरिएको सो पालिका हुम्ला र मुगु जिल्लासंग सिमाना जोडिएको छ भने किनारामा कर्णाली नदि बगेको छ ।

आम्दानीको निकै सम्भाव्यता रहेको यो पालिका प्राकृतिक र भौगोलिक सुन्दरताले निकै रमणीय देखिएपनि सडक संजालको समस्याले यस क्षेत्रको अस्तित्व गुमेको देखिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.